लौकही । सुनसरीको कोसी गाउँपालिका अध्यक्ष पदमा  नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट उम्मेदवार बनेका ऐयुब अन्सारीले निर्वाचित भएका छन् । कोसी गाउँपालिका वडा नम्बर १ देखि ८ को मतगणना सम्पन्न हुँदा उनी  जसपा नेपालका उम्मेदवार देवकृष्ण यादवलाई ११९९ मतले पछि पार्दै लगातार दोस्रोपटक अध्यक्ष पदमा निर्वाचित भएका छन् । 

अन्सारीले जम्मा ६ हजार ४१६ मत प्राप्त गर्दै निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्दी जसपा नेपालका यादवले ५ हजार २१७ मत मात्र प्राप्त गरे । यस्तै उपाध्यक्ष पदमा समेत नेपाली काङ्ग्रेसको उम्मेदवार अनिताकुमारी यादव निर्वाचित भएकी छन् ।