लौकही । सुनसरीको कोसी गाउँपालीकाको वडा नम्बर ७ को वडाध्यक्ष पदमा मुसहर समुदायका युवा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रबाट कोसी गाउँपालिका वडा नम्बर ७ मा वडाध्यक्ष पदको टिकट पाएका २४ बर्षीय मुसहर समुदायका युवा लालदेव सदा निर्वाचित भएका छन् ।

माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका सदा आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका उम्मेदवार रामचन्द्र महतोलाई पराजित गर्दै वडा नम्बर ७ को वडायक्षमा निर्वाचित भएका हुन् । उनले ६११ मत ल्याउदै प्यानलसहित निर्वाचित भए भनेर उनका निकटतम प्रतिद्वन्दी महतोले ४४२ मत मात्र ल्याए ।