विराटनगर । अघिल्लो स्थानिय तहको निर्वाचनमा ग्रामथान गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार जयप्रकाश गच्छदार थारुले अहिलेको चुनावमा पुरानै प्रतिस्पर्धीलाई पछि पारेर अध्यक्षमा विजयी भएका छन् ।

पाँच वर्षअघि आफ्नो पोल्टामा पार्न नसकेको नतिजा पाँच बर्ष पछि ‘पासा पल्टाएर’ ग्रामथान गाउँपालिको अध्यक्षमा गच्छदार निर्वाचित भएका हुन् ।

यस पटकको चुनावमा गच्छदारले भारी मत अन्तरले एमालका उम्मेदवार माझीलाई पराजित गर्दै ग्रामथान गाउँपालिको अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित भएका गच्छदारले  ७ हजार ६ सय ५  मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार माझीले ६ हजार ९३ मात्र मत ल्याएका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा एमालेकी उम्मेदवार गुणावती देवी थारु निर्वाचित भएकी छिन् । उनले ६ हजार १ सय २३ मत ल्याएकी निर्वाचित भइन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी भुखनाी कुमारी माझीले ५ हजार ४ सय ४८ मत प्राप्त गरिन् ।

अघिल्लो चुनावमा एमालेका उम्मेदवार शिव नारायण माझीले गच्छदरलाई ५९ मतले पछि पार्दै ग्रामथान गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए । २०७४ को स्थानिय तहको निर्वाचनमा माझीले ४ हजार ७ सय २० मत ल्याएर गाउँपालिको अध्यक्षमा विजयी हुदा प्रतिस्पर्धी काँग्रेसका गच्छदारले ४ हजार ६ सय ६१ मत पाएका थिए । गच्छदार अघिल्लो चुनावमा झिनो मत अन्तरले पराजित भएका थिए ।

७ वटा रहेको ग्रामथानमा पाँचमा एमाले, काँग्रेस र माओवादी केन्द्रले १/१ वडा जितेका छन् । ग्रामथान १ मा काँग्रेसका सुरेश कुमार माझीले ७१८, २ मा एमालेका यादव खतिवडाले १२९५,  ३ मा माओवादीका रमेश कुमार भगले ६७४ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । यस्तै ४ मा एमालेका बद्रि नारयण माझी, ५ मा एमालेका भेष नारायाण चौधरीले १५५९, ६ मा एमालेका विर नारयण चौधरीले ८८३ र ७ मा एमालेका विरेन्द्र चौधरीले १०७३ मत ल्याएर वडाअध्यक्षमा जितेका हुन् ।