विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाको नगर प्रमुखमा एमालेका उम्मेदवार गंगा प्रसाद खरेल  विजयी भएका छन् ।

उपमेयरमा पनि एमालेका उम्मेदवार मिना कुमारी खतिवडा  निर्वाचित भएका छन् । खरेलले निर्वतमान नगर प्रमुख खड्ग बहदाुर फागोलाई पराजित गरेका हुन् ।

खरेलले १२ हजार  १ सय ५६ मत प्राप्त गरी विजयी हासिल गरेका छन् । उनका  प्रतिद्वन्द्वी काँग्रेसका मेयर उम्मेदवार फागोले ंलाई १ हजार ८ सय ६६ को मतान्तरले पराजित गरेका हुन् । फागोको १० हजार २९० मत आएको थियो ।

उप्रमुखमा एमालेकी उम्मेदवार खतिवडाले १० हजार ७ सय २८ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी काँग्रेसी सीता कार्कीले १० हजार ६४० मत प्राप्त गरिन् । ९ वडा रहेको उर्लाबारीमा ५ वडामा एमाले र ४ वडामा कांग्रेसले वडाअध्यक्षमा जितेको छ ।

उर्लाबारी १ मा एमालेका तिलक कुमार पाण्डले १ हजार १ सय १९, २ मा काँग्रेसका कुमार कडेलले १ हजार २ सय २८, ३ मा भिष्म राज बुढाथोकीले १ हजार ५ सय १६, ४ मा काँग्रेसका कल्याण्ड कुमार राईले १ हजार २ सय ४२, ५ मा एमालेका रविन कुमार लामाले ९ सय १७, ६ मा कांग्रेसका चिन्तामणी पौडयालले १ हजार २ सय ६९, ७ मा एमालेका उर्मिला थापाले १ हजार ४ सय ५५, ८ मा एमालेका कुल बहादुर कार्की र ९ मा काँग्रेसका नरबहादुर मोक्तानले १ हजार २ सय ७७ मत ल्याएर जितेका छन् ।