धनकुटा । सहिदभूमि गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार मनोज राई १ सय ८७ मतान्तरले विजयी भएका छन् । उनले ४ हजार २ सय १४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले ४ हजार २७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यस्तै उप–प्रमुखमा एमालेकै रत्नश्वरी राई विजयी भएकी छन् । उनका प्रतिद्धन्द्धि नेपाली कांग्रेसका तोर्ण खड्का रहेका थिए । राईले ४ हजार, ६ सय ७२ मत पाउँदा खड्काले ३ हजार ३ सय ७१ मात्र मत पाएका थिए ।

सहिदभूमि गाउँपालिकाको मत परिणामअनुसार वडा नं. २, ३, ६ र ७ मा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नं. १, ४ र ५ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

सहिदभूमि गाउँपालिकामा अध्यक्षमा मनोज राई र उपाध्यक्षमा रत्नश्वरी राई दोस्रो कार्यकालकका लागि दोहोरिएका हुन् । गएको वैसाख ३० गते मतदान प्रक्रियामा एमाले र गठवन्धनका कार्यकर्ताहरु विच विवाद भएपछि निर्वाचन स्थगित भएको थियो । स्थगित मदन पुनः सोमवार शान्तिपुर्ण ढंगले सम्पन्न भएको थियो  ।