वराहक्षेत्र नगरपालिकामा नेपाली कांग्रेसले वडा नम्बर १० र ११ मा प्यानलसहित विजयी भएकाे छ । 

वडा जम्बर १० मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार काँग्रेसका तेज बहादुर गुरुङ्गले २३५३ मत प्राप्त गरेर विजयी भएका हुन्  । उनका प्रतिस्पर्धी नेकपा एमालेका मणिराज तामाङले  ७३२ मत पाएका छन् ।

त्यस्तै ,  वडा नम्बर ११ मा काँग्रेसका  कृष्ण कुमार महतो विजयी भएका छन् । उनले ११०४ मत प्राप्त गर्दा उनका निकटलम प्रतिद्वन्दी  नेकपा माओवादीका राज कुमार साहले ७८० मत प्राप्तका थिए । भने एमालेका  गोकुल प्रसाद श्रेष्ठले ५७२ प्राप्त गरेका थिए ।