भद्रपुर । स्थानीय तह निवार्चत २०७९ अन्तर्गत भद्रपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका छन् ।

भद्रपुरका नगर प्रमुख पदमा भएको निर्वाचनमा १२ हजार ५ सय २५ मतका साथ नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका हुन् । प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार असारु राजव‌ंशीले ९ हजार ७ सय ५९ मतका साथ उपविजेता भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवराज पनेरुले ६ हजार ३ साय १० मत प्राप्त गरेका छन् ।

त्यसैगरी क्रमशः राष्ट्रिय जनमुक्ति पार्टीका याम बहादुर लिम्बुले ६ सय ८, जनता समाजवादी पार्टी, नेपालका समर कुमार राईले ३ सय ६१, मंगोल नेशनल अर्गनाइजेसनका ईन्द्र कुमार सुहाङले ३ सय, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बिष्णु कर्मकारले ३४, मौलिक जरोकिलो पार्टीका चूडामणि अधिकारीले ३१ प्राप्त गर्न सफल भएका हुन् ।

त्यसैगरी नगर उप-प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राधा कार्कीले ९ हजार २ सय ३० मत प्राप्त गरी विजयी भएकी छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार शिव कुमार राजभण्‍डारीले ८ हजार ५ सय ३३ मतका साथ उपविजेता भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कौशल्या अधिकारीले ८ हजार ४ सय ३, जनता समाजवादी पार्टी, नेपालका नुतन झाले ४ सय ३०, राष्ट्रिय जनमुक्ति पार्टीका मञ्जु वर्माले ३ सय ४१, मंगोल नेशनल अर्गनाइजेसनका यम कुमरी लिम्बु ३ सय ३६, मौलिक जरोकिलो पार्टीका कृष्ण देवी चुडाल ओलीले ३८ मत प्राप्त गर्न सफल भएका हुन् ।

निर्वाचनका लागि ५१ हजार २ सय ६० जना कुल मतदाता रहेको भद्रपुर नगरपालिकामा ३४ हजार २८ मत खसेको थियो । झापामा ६ लाख ४६ हजार २३४ जना मतदाता रहेका थिए । उनीहरुको लागि २ सय ८६ मतदानस्थल र ७ सय ५५ मतदान केन्द्र व्यवस्था गरिएको थियो । झापामा ६५ प्रतिशत मत खसेको थियो ।