विराटनगर । जनता समाजवादी पार्टी (जसपा) बाट विराटनगर ६ को वडाअध्यक्षमा उम्मेदवारी दिएका मोहमद इशार्द अन्सारीले आफुहरूका विरुद्ध अनर्गल प्रचार गर्नेलाई कारवाहीको माग राखेका छन् । 

स्थानिय तहको चुनावको अघिल्लो रात केही समूहले आफुसहित वडा सदस्यहरूको विरुद्ध अनर्गल प्रचार प्रसार गर्दै हिड्नेलाई कारवाहीको माग राखेका हुन् । अन्सारीसहितका उम्मेदवारहरुले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरि जसपाका उम्मेदवारहरू विरुद्ध अनर्गल प्रचार प्रसार गरि हराउन भूमिका खेल्ने षडयन्त्रकारीहरूको पहिचान गरि कडाभन्दा कडा कारावहीको माग राखेका छन् । 

स्थानिय चुनावको निर्वाचनको अघिल्लो रात केही समूहले जसपाबाट विराटनगर ६ को वडाअध्यक्षमा उम्मेदवारी  फिर्ता लिएको र प्रमुखमा स्वतन्त्रबाट उठेका उम्मेदवार उमेश यादव, उप्रमुखमा जसपका अरमेन्द्र यादव र  वडाअध्यक्षमा माओवादीबाट उठेका विजयी कामतलाई मतदान गर्ने निर्णाय गरेको भनि अनर्गल प्रचार गरिएको पत्र भेटिएको थियो ।

यसरी अनर्गल प्रचार गर्ने विरुद्ध प्रहरी प्रशानले छानविन गरि कडा भन्दा कडा कारवाहीको दायारमा ल्याउनुपर्ने उनले बताएका छन् । ‘अनर्गल प्रचार गरेको कारणले आफुले हार्ने सम्भवना पनि बढेर गएको छ,’ उनले भने, ‘मुस्लिमक सामुदायि भित्रका केही अगुवा भनाउँदाहरू आफुविरुद्ध अनर्गल प्रचार गरेको कारणले आफुलाई चुनावमा हराउन लागेका छन् ।’

अहिले विराटनगर ६ को मतगणना जारी रहेको छ । प्रराम्चि चरणको नतिजा अनुसार ६ वडामा नेपाली काग्रेसका हरीशचन्द्र सहनीले अग्रता कायम गरेका छन् । अन्सारी चौथो पोजिनमा देखिएका छन् ।