तेह्रथुम । तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीलाई बुधबार मुख्य निर्वाचन अधिकृत महेन्द्र प्रसाद पोखरेलल पद तथा गोपनीयताको सपथ गराए । दुई नगरपालिका सहित ६ स्थानीय तहका प्रमुखलाई जिल्ला प्रशासन कार्यालयको सभाहलमा बुधबार सपथ ग्रहण गराएका थिए।

नगर प्रमुख र गाउँपालिका प्रमुखलाई सदरमुकाम म्याङलुङमै बोलाएर सपथ खुवाईएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए । लालीगुराँस नगरपालिकाका प्रमखु अर्जुन मावोहाङ, म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जय कुमार तम्बाहाम्फे, फेदाप गाउँपालिकाका अध्यक्ष केशव कुमार भेट्वाल, मेन्छयायेम गाउँपालिका अध्यक्ष यादव बहादुर खापुङ, छथर गाउँपालिकाका अध्यक्ष सन्तविर लिम्बू र आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले मुख्य निर्वाचन अधिकृत पोखरेल संग सथप लिएका हुन् ।

उप प्रमुख, उपाध्यक्ष र वडाध्यक्षहरुलाई भने नगरप्रमुख र गाउ“पालिका प्रमुखले सम्वन्धित पालिकामै पुगेर सपथ खुवाउने व्यवस्था मिलाईएको मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए । 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका ६ स्थानीय तह मध्ये लालीगुराँस नगरपालिका सहित फेदाप र आठराई गाउँपालिका गठवन्धन दलको तर्फबाट नेपाली कांग्रेस र म्याङलुङ नगरपालिका सहित छथर र मेन्छ्यायेम गाउँपालिका नेकपा एमाले विजयी भएको छ । 

सफत ग्रहण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, म्याङलुङ नगरपालिकामा रहेका मतदान अधिकृतहरुको  सहभागिता रहेको थियो ।