ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोक कार्की विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार मिलन बिष्टलाई २८४ मतान्तरले पराजित गर्दै कांग्रेसका कार्की विजयी भएका हुन् । 

कार्कीले तीन हजार ७७६ मत ल्याएर विजयी हुँदा विष्टले तीन हजार ४९२ मत प्राप्त गरेका हुन् । उपप्रमुखमा एमाले उम्मेदवार अस्मिता थापा फराकिलो मतान्तरले विजयी भएकी छिन् । नेपाली कांग्रेसकी उम्मेदवार प्रेमकुमारी दाहाललाई एक हजार ३३ मतले पछि पार्दै थापा निर्वाचित भएकी हुन् । थापाले चारहजार ११६ मत ल्याउँदा दाहालले तीन हजार ८३ मत ल्याएका हुन् ।

गाउँपालिका अध्यक्षका उम्मेदवार माओवादीका एकिन्द्रराज कटवालले ९३३, एकीकृत समाजवादीका नेत्रप्रसाद भटराईले १६०, मङ्गोलनेशनल अर्गनाइजेशनका दावा शेर्पाले ३७, राप्रपाका जुद्धवीर पौडेल र स्वतन्त्र उम्मेदवार राजन सुवेदीले १०/१० मत ल्याएका छन् ।