धनकुटा । धनकुटा नगरपालिकमा पुनः नेकपा एमालेको तर्फबाट चिन्तन तामाङले विजयी हासिल गरेका छन् । 

उनले ७ हजार, ६६६ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् । तामाङले नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईलाई पराजित गरेका हुन् । राईले ७ हजार, ६५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ ।

यस्तै उपप्रमुखमा एमालेका उम्मेदवार भिामादेवी खनाल विजयी भएकी छन् । उनले ७ हजार, १९६ मत प्राप्त गरी विजयी भएकी हुन् । निकटतम प्रतिस्पर्धी गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गणेश विष्टले ६ हजार ६२९ मत प्राप्त गरे ।

धनकुटा नगरपालिकाको वडा नं. १,२,४,८ र ९ को वडाध्यक्ष एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नं.३,५,६,७ र १० वडा गठबन्धनका उम्मेदवार विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वि.सं.०७४ को निर्वाचनमा पनि तामाङले राईलाई ११४ मतले पराजित गरेका थिए ।