विराटनगर । मोरङको केराबारी गाउँपालिका अध्यक्षमा एमालेका सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा एमालेकी मनमाया मगर निर्वाचित भएका छन् ।

बुधबार विहान सार्वजानिक भएको अन्तिम मत परिणाम अनुसार एमालेका सुमनले अध्यक्षमा ७८१० मत र उपाध्यक्षमा एमालेकै मगरले ७२६७ मत ल्याएर विजयी भएका हुन् । 

सुमनले कांग्रेसबाट निर्वाचित निवर्तमान गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीलाई १ हजार ४ सय २० मतको अन्तरले पराजित गरेका हुन् ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका कार्कीले ६ हजार ३ सय ९० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसकी सुभद्रा राईले ६ हजार ४ सय २८ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी भइन् ।

उक्त गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका कार्कीले अध्यक्षमा ५ हजार ४ सय ९९ र उपाध्यक्षमा एमालेकी शान्तिकुमारी लिम्बूले ५ हजार ७ सय ४७ मत ल्याएर जितेका थिए ।

१० वडा रहेको केराबारीमा कांग्रेसले वडा नम्बरहरू ४, ८ र ९, माओवादी केन्द्रले वडा नम्बर ६ र एमालेले नम्बरहरू १, २, ३, ५, ७ र १० को अध्यक्ष जितेका छन् ।