विराटनगर । विराटनगर १८ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेन्द्र कुमार साह विजयी भएका छन् ।  ७१६ मत ल्याएर साहले वडाअध्यक्षमा जितेका हुन् ।

जनता समाजवादी पार्टीले टिकट नदिएपछि साहले स्वतन्त्रबाट ‘लालटिन’ चुनाव चिन्ह लिएर उठेका थिए । जसपका उम्मेदवार दिनेश कुमार यादबलाई ६८ मतले पछि पार्दै साहले वडाअध्यक्षमा जितेका हुन् ।

निकटतम प्रतिस्पर्धी यादबले ६३८ मत ल्याएका छन् । १८ मा स्वतन्त्रबाट थप दुइ जना विजयी भएका छन् । स्वतन्त्रबाट गौरव मण्डल र ढुरीया यादव विजयी भएका छन् ।