धरान। धरानमा गठबन्धनले नै अग्रता कायम गरिरहेकाे छ ।

निर्वाचन अधिकृत कार्यालय अनुसार हालसम्मकाे मतदानमा  गठबन्धन उम्मेदवार किशाेर राईले ३हजार ६ सय ४५ मत प्राप्त गरेका छन् । एमालेकाे किल्ला मानिएकाे धरानमा ८सय मतान्तरले राई अगाडी छन् ।

एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले २ हजार ८ सय ९५ मत प्राप्त गरेकी छन् । यता स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङले २ हजार ७ सय ३९ म प्राप्त गर्दै एमाले र गठबन्धनलाई पछ्याइ रहेका छन् ।

उपप्रमुखमा गठबन्धन दलकै अाइन्द्र विक्रम बेघाले करिब ५ सय मतान्तरले एमालेका उम्मेदवार पदम इस्वाेलाई पछि पारेका छन् । वेघाले ३ हजार ९ सय ५२ मत ल्याउदा इस्वाेले ३ हजार ४ सय ७६ मत प्राप्त गरेका छन् ।

हाल  ५, ६, ७ र ८ वडाकाे मत गणना जारी रहेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।