विराटनगर । मोरङको जहदा गाउँपालिकाको ६ नं. वडामा माओवादी केन्द्रका उम्मेदवार सूर्यनारायण मण्डल वडाअध्यक्षमा विजयी भएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार मण्डलले ४ सय २ मत पाएर बिजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी जनता समाजवादी पार्टीका जगदिश सिंहले ३सय ५२ मत मात्र प्रात गरे ।

जहदा गाउँपालिकाको २ र ५ नम्बर वडा अहिले गणाना भइरहेको छ । जहदाको २ नं. वडामा पनि माओवादीका उम्मेदवार सुरेश हेमरनले ८७ मत अन्तरले अग्रता लिएका छन् ।