भोजपुुर । जिल्लाको साल्पा सिलिछो गाउँपालिका अध्यक्षमा एमालेबाट बिद्रोह गरेका स्वतन्त्र उम्मेदवार दौलथ कुलुङ बिजयी भएका छन् ।

नेकपा एमालेले टिकट नदिएपछि धारा चिन्ह लिएर चुनाव लडेका कुलुङ १८१४ मत ल्याई बिजयी भएका हुुन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका महेश राईले १ हजार ७ सय ८६ मत ल्याउँदा एमालेका शान्ति बहादुुर अधिकारी १ हजार ३ सय ८३ मत प्राप्त गरे ।

उपाध्यक्षमा भने काङ्ग्रेसकी अस्मिता कुलुङ १ हजार ८ सय ६२ मत ल्याई जित हासिल गरेकी छिन् ।  उता जिल्लाको हतुुवागढी गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष जित्दा उपाध्यक्ष भने सत्ता गठबन्धन दल माओवादीबाट उम्मेदवार बनेकी सुुनिता किरातीले बाजी मारेकी छिन् । एमालेका राईले सत्ता गठबन्धन दलका उमेरदवार गजेन्द्र कुुमार कार्कीलाई हराएका हुुन् ।

एमालेका राईले ४ हजार ४२ मत ल्याउँदा काङ्ग्रेसका कार्कीले ३ हजार ३ सय ५३ मत प्राप्त गरेका छन । उपध्यक्षमा किरातीले ३ हजार ७ सय ८ मत ल्याएकी हुुन् । राईले काङ्ग्रेसका कार्कीलाई ६ सय ८९ मतले हराउँदा किरातीले भने एमालेकी कमला राईलाई ९७ मतले पराजित गरिन् ।

एमालेकी कमला ३ हजार ६ सय ११ मत ल्याएर पराजित भएकी हुन् । यता जिल्लाको पौवादुुङमा गाउपालिकामा एमालेका किरण राई २ हजार ४ सय ९९ मत ल्याई अध्यक्षमा भएका छन् । उपाध्यक्षमा पनि एमालेकै जोत्सना राई २ हजार ४ सय ६ मत ल्याएर विजयी भइन् ।

दोश्रो बनेको माओवादी केन्द्रका नगेन्द्र भुजेल ‘शैलेन्द्र’ ले १ हजार ६ सय ८८ मतमा पाए । १ हजार ३ सय ७१ मत ल्याएर काङ्ग्रेसका मनोज कार्की तेस्रो भएको छ । उपाध्यक्षमा माओवादीकी सम्झना राईले १ हजार ७ सय ६९ मत प्राप्त गरिन् ।

तेस्रो बनेकी काङ्ग्रेसकी रामकुमारी राईले १ हजरा ३ सय ८७ मत प्राप्त गरेकी छिन् । भोजपुुरमा ४ वटा गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो । सार्वजनिक नतिजा अनुुसार एमाले २ माओवादी १ र स्वतन्त्र १ गाउँपालिकामा बिजयी भएका छन् । माओवादी र नेपाली काङ्ग्रेसले एक एक गाउँपालिका उपाध्यक्ष जितेको छ ।