धरान । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार धरान ४ नम्बरमा एमाले प्यानलका धन बहादुर राईको टिम नै विजयी बनेको छ ।

कार्यालयका अनुसार धन बहादुर राईले ८ सय २६ मत प्राप्त गर्दै विजयी बनेका हुन् । राईले ८ सय २६ मत प्राप्त गर्दा माओवाद केन्द्रका अध्यक्ष पदका उमेदवारले ६ सय १२ मत पाएका छ्न् ।

एमालेका महिला सदस्यले ८सय२१, दलित महिला सदस्यले ८सय१३  खुल्ल सदस्य एउटा चिन्हमा ८ सय ३ र दुईवटा चिन्हमा ७सय२४ मत खसेर विजयी भएका छ्न् ।

माओवाद केन्द्रका महिला सदस्यले ५सय५१, दलित महिला सदस्यले ५सय३६ र खुला सदस्य एउटा चिन्हमा ५सय८१ र दुईवटा चिन्हले  ४सय५४ मत प्राप्त गरेका छ्न् ।