बेलबारी । नेकपा एमालेको पकड क्षेत्र मानिएको बेलबारी १ नम्बर वडामा नेपाली कांग्रेसको     प्यानल बिजयी भएको छ ।

बेलबारी १ को अध्यक्षमा मणि पुलामी मगर बिजयी भएका हुन् ।खुल्ला वडा सदस्यमा बाबुराम खड्का,चन्द्र प्रकाश बस्नेत ,खुल्लामहिला वडा सदस्यमा सन्चमाया लिम्बु र दलित महिला सदस्य तर्फ हिमादेवी विश्वकर्मा सहित पुरै प्यानल बिजयी भएको हो ।

सुरुवात देखीनै बलियो उम्मेदवारको रुपमा चर्चामा रहेका मगरले निवर्तमान वडाध्यक्ष तथा एमालेका वडाध्यक्षका उम्मेदवार चक्र बहादुर खुलाललाई फराकिलो मतान्तरले पराजित गारेका छन ।