धरान । अरबी पात्रोको नवौँ महिना रमजानका २९ वा ३० दिन रोजा राखेको खुसियालीमा मनाइने ईद उल फितरको आज समापन गरिएको छ । धरानमा पनि मुस्लिम समुदायले शुभकामना आदान प्रदान कार्यक्रम गरेर ईद उल फितरको समापन गरेका छन् । 

शुभकामना आदनप्रदान कार्यक्रममा नेकपा एमालेको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरको उम्मेद्वार मञ्जु भण्डारी र उपमेयरको उम्मेद्वार पदम इस्वो(लिम्ब) सहभागी थिए । कार्यक्रममा सम्बोधन गदैं भण्डारीले जितेर गए पछि मदरासा भवन निर्माणका लागि सहयोग गर्ने बताइन्  ।

धरान–५ मा भवन निर्माणका लागि जग्गासमेत हेरि सकेको उनले बताइन् । उनले नेकपा एमालेले सबै वर्ग समुदाय, जाती धर्म र चाड पर्वलाई समान रुपमा हेर्ने बताइन् । यस्तै उपमेयरका उम्मेद्वार पदम लिम्बुले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसाँस्कृतिक देश भएकाले हाम्रो पार्टीले प्रत्येक समुदाय, जातजातिहरुको समानुपातिक , सन्तुलित र न्यायसँगत प्रगतिका लागि  काम गर्ने बताए ।

कार्यक्रममा अञ्जुमन इस्लामियनका अध्यक्ष तथा नेपाल मुस्लिम इतिहात संगठनका निवर्तमान अध्यक्ष युसुप सेख, मुस्लिम इतिहात संगठनका जिल्ला सह–इञ्चार्ज तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य फिरोज अलि, युवा नेता अफागलगायतको उपस्थिति रहेको थियो ।

इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा ल्याएको छ । ईद उल फितर र बकर ईद । यी दुईमध्ये पहिलो पर्व ईद उल फितर अरबी पात्रोको नवौँ महिना रमजानका २९ वा ३० दिन रोजा राखेको खुसियालीमा मनाइन्छ । दोस्रो पर्व त्यो अद्वितीय कुरबानी (बलिदानको सम्झना) हो ।

जो आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्नो पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका थिए । इस्लाम धर्मावलम्बिहरूले संसारभरी नै प्रायः एकै किसिमले मनाउने यो चाड नेपालमा वसोवास गर्ने मुसलमानहरूले पनि धूमधामका साथ मनाउँदछन् । बकरिद नामले पुकारिने मुसलमानहरूले हिजरिसम्वत अनुसार उदर्भ महिनामा १ महिनासम्म मनाइने प्रमुख चाड हो ।

यसको नियममा १ महिनासम्म सुर्यन नअस्ताउन्जेल पूर्णरुप उपवास (व्रत) बस्ने र अर्को महिनाको शुरूको दिनको चन्द्रमाको दर्शन गरेपछी खाने चलन छ । नव वर्षको शुभकामना स्वरूप इद मुवारकको आदानप्रदान गरिन्छ ।