मोरङ बूढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । गाउँपालिकाकाे  ३ नम्बर वडा  शान्ति चोक स्थित कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२७ च २२६६ नम्बरको कारले मे २ प ६९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा माेटरसाइकल चालक  बूढीगंगा २ का ३० वर्षीया शोभा राजवंशीको मृत्यु भएको  मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जनाएका छन् । 

उनका दिउँसो १ः३५ बजेतिर  भएकाे दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि बूढीगंगाकै विराट शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटना पछि कार चालक  जनकपुर घर भएका २९ वर्षीय शैलेन्द्रप्रसाद यादवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ ।