विजयपुर । मोबाइल व्यवसायीहरुको संस्था ‘हाम्रा मोबाइल सङ्घ धरान’को अध्यक्षमा जीवन शाक्य चयन भएका छन् ।

सोमबार धरान–१९ स्थित हरियाली सामुदायिक वनमा सम्पन्न प्रथम साधारण सभाले शाक्यको अध्यक्षमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा विमला खतिवडा, सचिवमा सविन लम्साल, सहसचिवमा सुरेन्द्र दाहाल र कोषाध्यक्षमा सचिन पोखरेल चयन भएका हुन् । कार्यसमितिको सदस्यहरुमा शाहिद अनवर, लुसन मल्ल, प्रकाश श्रेष्ठ, वुद्धराज लिम्बू, प्रकाश राई, सुजित कुमार शङ्कर, रितुमर्दन श्रेष्ठ र हर्कबहादुर सार्की चयन भएका छन् ।

धरान उपमहानगरमा सञ्चालित मोबाइल मर्मत तथा व्यवसायिहरु एकतावद्ध सहकार्यका लागि संस्था गठन गरेको सचिव सविन लम्सालले बताए । उनले संस्थाले मोबाइल व्यवसायमा भएका समस्या समाधान गर्दै व्यवस्थित तरिकाले सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको बताए । उनका अनुसार संस्था २०७८ चैत २ गते जिल्ला प्रशासन कार्यालयमा दर्ताका भएको छ ।