उत्तर काेरियाले आफ्नो परमाणु कार्यक्रम र अस्त्रभण्डार अझ बलियो बनाउने भएकाे छ । 

उत्तर कोरियाली नेता किम जोङ उनले सोमबार राति आयोजित सेनाको ९०औँ स्थापना दिवसको अवसरमा आयोजित परेडलाई सम्बोधन गर्दै आफ्नो परमाणु कार्यक्रम र अस्त्रभण्डार अझ बलियो बनाउने बाचा गरेका छन्  । 

परेडमा प्रतिबन्धित अन्तरमहादेशीय ल्यालिस्टिक क्षेप्यास्त्र आईसीबीएमकाे पनि प्रदर्शन  गरिएको थियो ।  मार्चमा सबैभन्दा ठूलो आइसीबीएम परीक्षण गरेकाे उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायमा चर्को आलोचनाकाे सामना गर्नु परेकाे थियाे ।

उक्त आणविक परीक्षणलाई लिएर अमेरिकाले उमाथि विभिन्न प्रतिबन्ध लगाएको छ । परमाणुअस्त्र बोक्न सक्ने गरी बनाइएका ती क्षेप्यास्त्रको मार हान्न सक्ने क्षमता अमेरिकासम्म छ ।