धरान । इमामी कम्पनीले देशभरि ‘नवरत्न बिट मसाज’ अभियान चलाएको छ ।

देशका विभिन्न भागमा सञ्चालित मसाजमा १० हजारलाई सेवा दिने इमामीका ब्रान्ड प्रबन्धक विकास तिवारीले जानकारी दिए । धरानको भानुचौकमा शिविर सञ्चालन गरिएको छ ।

कम्पनीले देशभरि नै यो शिविर चलाएको हो । पहिलो पटक आयोजना गरिएको शिविरमा एक दिनमा करिब २ सयभन्दा बढीलाई सेवा दिँदै आएको तिवारीले जानकारी दिए । देशका विभिन्न स्थानमा एक सय ५० दिन शिविर सञ्चालन गर्ने तयारी रहेको छ ।

उनका अनुसार काठमाडौं, पोखरा, नेपालगञ्ज, जनकपुर, नारायणघाट, हेटौंडा, भरतपुर, धरानलगायत प्रमुख सहरमा सञ्चालन गरिरहेको छ । मसाज सेवा लिन चाहनेलाई निःशुल्क रूपमा सेवा दिइरहेको हो ।

नवरत्न तेलको फाइदाका बारेमा नागरिकलाई जानकारी दिँदै मसाज गरिदिने गरेको उनले बताए । नवरत्न हेयर आयल ९ आयुर्वेदिक जडीबुटीबाट निर्मित रहेको छ । यसले मसाज गरेमा शरीरलाई आनन्द दिने जनाइएको छ ।