मोरङ । मोरङको विभिन्न स्थानहरुबाट ठूलो परिमाणमा बिभिन्न किसिमका अबैध सामानहरु बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ८ लाख ८ हजार ५० बराबरका लत्ताकपडा तथा  किराना सामानहरु बरामद गरेको हो ।

बरामद भएका सामानहरु आवश्यक कारवाहिको लागि भन्सार कार्यालय रानी बिराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।