सुनसरी। रामधुनी नगरपालिका-२ मा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
बुधवार राती पौने ८ बजेको समयमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १७ प ३२४५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई हसनपुरस्थित नहरको पुलबाट एक्कासी नहरमा खस्दा मोटरसाईकल तथा चालकसमेत बेपत्ता भएको भन्ने खबर प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले खोजतलास शुरु गरेको थियो ।
खोजतलासको क्रममा साँढे ९ बजे नहरमा खसेको मोटरसाइकलसहित चालक रामधुनी नगरपालिका-८ का ४३ बर्षीय धुर्व कुमार चौधरी मृत अवस्थामा फेला परेका हुन् ।
नहरमा खसि मृत फेला परेका चौधरीको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी धरानको बि.पी.कोईरालका स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।