माेटरसाइकल दुर्घटनामा परि रामधुनी नगरपालिका ६ का वडा सचिवकाे मृत्यु भएकाे छ । 

आज बिहान पौने ११ बजे ईचोलबाट बक्लौरी तर्फ जादै गरेकाे सचिव ५३ बर्षीय नन्द कुमार श्रेष्ठले चलाएकाे को २४ प ९४५६ नम्बरको मोटरसाईकल  बक्लौरीमा  स्थित सडकमा अनियन्त्रित भइ दुर्घटना भएकाे थियाे  ।  दुर्घटनामा घाइते भएका श्रेष्ठकाे उपचारको लागी धरानस्थित वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा  उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

कार्यालयका अनुसार घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।