बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा सोमबारदेखि नयाँ भवनमा सरेको छ ।
प्रदेश १ सरकारको आर्थिक सहयोगमा निर्मित भवनमा ट्राफिक प्रहरी कार्यालय सरी कार्यसम्पादन थालेको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गरे ।
महेन्द्र राजमार्ग विस्तारसँगै साँघुरो भएको भवनमा रहेको झापाको ट्राफिक प्रहरी कार्यालयले सोमबारदेखि सुविधायुक्त नयाँ भवन पाएको हो ।
भवन उद्घाटन कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने स्थानीय व्यवसायीदेखि ट्राफिक प्रहरीलाई विगतदेखि नै सहयोग गर्ने मानिसहरूलाई सम्मानसमेत गरिएको थियो ।