यासोक । पाँचथरको फिदिम नगरापलिका—२ को रमितेमा जिप दुर्घटना भएको छ । जिप दर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
मेची राजमार्गको स्थीत फिदिम नगरपालिका–२ को रमितेमा को १ ज २८४६ नम्बरको जिप दुर्घटना भएको हो । इटहरीबाट ताप्लेजुङ पाथीभरा दर्शन गर्न जादै गरेको जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर मूनी खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
जिपमा ११ जना यात्रु सवार थिए । जिल्ला अस्पतालमा ६ जना र ५ जनालाई फिदिममै रहेको समर्पित अस्पताल घाइतेको उपचार भइरहेको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकोले झापा रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।