धरान । अनलाइन बजार दराजले आइएमई पेसँग साझेदारी गरी हरेक आइतबार आइएमई पे डे  गर्ने घोषणा गरेको छ ।

यससँगै दराज र आइएमई पे प्रयोगकर्ताहरूले आफ्नो आइएमई पे वालेटमार्फत् दराजमा भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम् ३ सय ५० रुपैयाँ) सम्मको अतिरिक्त छुट पाउनेछन् ।

त्यस्तै दराजका ग्राहकहरूले आफ्नो आइएमई पे भिसा कार्डमार्फत् भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम् ५ सय रुपैयाँ) सम्मको अतिरिक्त छुट पाउने बताइएको छ ।

यस सम्बन्धी सम्झौतापत्रमा दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्न्यातले हस्ताक्षर गरेका छन् ।

ग्राहकहरूले आइएमई पे वालेट वा आइएमई पे भिसा कार्ड भौचरहरू दराज एप वा वेबसाइट मार्फत् सङ्कलन गर्नुपर्ने र सङ्कलित भौचरहरू चेकआउटको समयमा स्वतः लागू हुने दराजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।