सर्लाहीकाे मलगंवामा अवैध लागूऔषध गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार मलगंवा नगरपालिका ८ स्थित सडकबाट करिब १० केजी अवैध लागूऔषध गाँजासहित भारत सितामढी ग्राम पंचायत राजा प्रसोनी १ बस्ने २३ वर्षीय मो. साकिर लगायत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले ना.२ ह १५६७ नम्बरको टेम्पोलाई जाँच गर्ने क्रममा टेम्पोमा सवार उनीहरूलाई उक्त गाँजा बरामद गरी पक्राउ गरेको हो ।