पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका—६ मा निर्माण सम्पन्न भएको २८ महिनादेखि छात्रावास संचालनमा आएको छैन । आङसराङको मेहेलबोटे स्थीत जय नारायण आदर्श माध्यमिक विद्यालयको छात्रावास प्रयोगमा नआउदा छात्रावास बेवारिसे बनेको हो । प्रदेश सरकारको ८५ लाख रुपैयाँ खर्चेर बनाएको छात्रावास उद्घाटनको २८ महिनासम्म संचालनमा आउन सकेको छैन । 

प्राविधिक विषय लिएर अध्ययन गर्ने छात्राहरूलाई आवासको सुविधा दिँदै पठनपाठन सहज गराउन २८ महिनाअघि निर्माण कार्य सकिएको थियो । तर भवनमा भ¥याङ, रेलिङ र शौचालयजस्ता अत्यावश्यक संरचना निर्माण नगरेको भन्दै विद्यालयले भवन जिम्मा नलिएपछि भवन अलपत्र परेको हो ।

प्रदेश सरकारको लगानीमा निर्माण भएको दुई तले भवनमा १२ कोठा छन् । भवनको माथिल्लो तलामा जाने भ¥याङ, बरन्डामा रेलिङसँगै शौचालय नहुँदा भवन जिम्मा नलिएको विद्यालयका प्रधानाध्यापक बिनोद अधिकारीले बताए । “भवन अधुरो छ उनिभन्छन् । समितिले जिम्मा लिनुहोस् भन्ने कुरा ग¥यो हामीले अधुरो भवन जिम्मा लिनौं भ¥यौ । यो बिषयमा गाउँपालिकासंग आवश्यक रकम माग गर्दा विद्यालयको श्रोतले बनाउनु भन्ने जवाफ आयो अधिकारीले भने ।

भवनको उद्घाटन २०७६ साल कात्तिक ७ गते प्रदेश १ का तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले गरेका थिए । उद्घाटन गरेको २८ महिनासम्म भवनमा शौचालय, रेलिङ, भ¥याङलगायत संरचना बनाइएको छैन । भवन निर्माण उपभोक्ता समितिमार्फत गरिएको थियो । गाउँपालिकाको उप–निर्वाचनमा मतदाता प्रभावित पार्न निर्माण नसकिँदै छात्राबास उद्घाटन गरिएको स्थानीयको आरोप छ । 

तत्कालीन नेकपाका नेता प्रेम रिजाललाई निर्माण उपभोक्ता समितिको अध्यक्ष बनाइएकोे थियो । उनकै समितिले राजनीतिक आडमा भवन अधुरो छाडेको स्थानीयको आरोप छ । निर्माण समितिका अध्यक्ष रिजालले त्यो बेला प्रदेश सरकारले उपलब्ध गराएको बजेट अपुग हुदा संरचना अधुरै छाडिएको दाबी गरे । भवन अधुरो भए पनि उद्घाटन भएपछि छात्राबास भवन स्वतः विद्यालयको जिम्मामा गइसकेकाले बाँकी काम स्कुलले नै गर्नुपर्ने उनको भनाइ छ । 

गाउँपालिका अध्यक्ष बीरबहादुर कुरुम्वाङ पनि स्कुलले अन्यत्रबाटै स्रोत खोजेर भवनको काम पूरा गर्नुपर्ने बताए । यस अघि प्रदेश सरकारले छात्रावास अधुरो छाडेको थियो । प्रदेश सरकारबाट बजेट आएपछि पुनः काम अघि बढ्छ उनले भने ।

यता प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले यस्तो सामान्य विषयमा गाउँपालिका र वडाले भवन तत्काल संचालनमा ल्याउनु पर्ने थियो । तर त्यसो भएन, यो दुखत कुरा हो । मन्त्री आङ्बो भन्छन् “आफैंले उत्घाटन गरेको भवन प्रयोग बिहिन भएकोे सुन्दा दुःख लागेको छ । यो बिषयमा पहिले थाहा भएको भए बेवारिसे हुने थिएन । अब चाँडै गाउँपालिकाले नगरे प्रदेशबाटै बजेट व्यवस्थापन गरेर काम गर्छु उनले भने ।