धनकुटा । नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद, धनकुटास्थित ब्लाष्टकर्मी सन्तवीर लामालाई सम्मान गरेको छ ।
धनकुटामा रहेर लामो समयदेखि पत्रकारिता गरिरहेका लामालाई एक समारोहहको बीच शुक्रबार सम्मान गरिएको हो । धनकुटा नगरपालिकाको सहयोगमा नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् धनकुटाले आयोजना गरेको २ दिने विश्व सम्पदा र छोटो प्रभावकारी प्रस्तुतिका बारेमा आयोजित क्षमता अभिवृद्धि कार्यक्रमको उद्धघाटन सत्रको अवसर पारेर लामालाई सम्मान गरिएको हो ।
विगत २३ वर्षदेखि पत्रकारिताको माध्यामबाट आदिवासी जनजातिहरुको हकअधिकार प्राप्तीका लागि फोनिजकर्मी भएर निरन्तर कलम चलाइरहेको भन्दै लामालाई सम्मान गरिएको हो । उनलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले सम्मान पत्र र खदा ओढाएर सम्मान गरे ।
हालै मोरङको पथरीमा सम्पन्न फोनिज प्रदेश नं.१ को दोश्रो प्रादेशिक महाधिवेशबाट अध्यक्ष पदमा लामा सर्वसम्मत चयन भएको भन्दै नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् धनकुटाका अध्यक्ष रविन नेवाः खड्गी, जिल्ला समन्वय परिषद् धनकुटाका अध्यक्ष सन्जय सन्तोषी राईले पनि खदा लगाएर सम्मान गरेका थिए ।
सो अवसरमा विभिन्न एकल जातिय संस्थाहरुका प्रमुख एवम्र प्रतिनिधिहरुले लामालाई खदा ओढाएर सम्मान गरेका थिए । नेवाः देय् दवू प्रदेश नं.१ का सदस्य रेणुकुमारी श्रेष्ठ, नेफिन धनकुटाका पुर्व अध्यक्ष पार्वती राई, जिल्ला अध्यक्ष श्रीकृष्ण प्रधान, किराँत आठपहरिया समाजका केन्द्रिय अध्यक्ष सरकुमारी आठपहरिया, नेपाल मगर सङ्घका इन्द्र लुङ्गेली मगर लगायतले खदा ओढाएर सम्मान गरेका थिए ।
त्यसैगरी सो अवसरमा नेपाल शेर्पा सङ्घका दालमु शेर्पा, किराँत याक्थुङ चुम्लुङ नगर समिति धनकुटाका अध्यक्ष खड्ग लिम्बू, तामाङ घेदुङका नगर अध्यक्ष कुलबहादुर तितुङ तामाङ, छथर जोरपाटी घेदुङका अध्यक्ष मनकुमारी गोले, मिसाः खलका जिल्ला अध्यक्ष सुभद्रा श्रेष्ठलगायतले खदा ओढाएर सम्मान गरेका थिए ।
उद्धघाटन सत्र नगर समन्वय परिषद्का अध्यक्ष रविन नेवाः खड्गीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष इन्द्र लुङ्गेली मगरले राखेका थिए । कार्यक्रमको सञ्चालन फोनिज धनकुटाका उपाध्यक्ष मानवी मोक्तानले गरेकी थिइन् ।
२ दिने क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रमको सहजीकरण सञ्चारभिज्ञ विधुप्रकाश कायस्थले गरिरहनु भएको छ । प्रशिक्षण कार्यक्रममा धनकुटा नगर महासङ्घमा आवद्ध रहेका १२ एकल जातिय संस्थाहरमा दाजुभाई तथा दिदि बहिनीहरुको सहभागीता रहेको छ ।