मोरङको जहदा गाउँपालिकामा अढाइ वर्षीय बालककाे पानीमा ढुबेर मृत्यु भएकाे छ । मृत्यु हुनेमा गाउँपालिका ७  सिरसियाका महेश हस्दाको छोरा  रबिन हस्दा रहेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय,  विराटनगरले जनाएकाे छ । 

कार्यालयका अनुसार रबिन  बुधबार दिउसो साढे २ बजे आफ्नै घर अगाडी रहेकाे धाराको पानी जमेको खाल्डोमा डुबि बेहोस अबस्थामा उनकै बुबाले फेला पारेपछि  उपचारको लागी कोशी अस्पताल विराटनगर पुर्याएका थिए । 

घाईते बालकको उपचारको क्रममा हिजो बेलुका ५ बजे मृत्यु भएको कार्यालयले जनाएकाे छ । कार्यालयका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।