झापाको अर्जुनधारा नगरपालिकामा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । 

नगरपालिकाकाे ९ नम्बर वडा कार्की डाडा स्थित भित्री सडक खण्डमा बुधबार राति ८ बजे बाटो क्रस गर्ने क्रममा  दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्र. १ -०१-०१२ प ५९९८  नम्बरको मोटरसाईकलले सोही स्थान बस्ने ७८ बर्षीया शिवमाया दाहाललाई ठक्कर दिई घाईते बनाएको थियो ।

 घाईते दाहालको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती सँवा १२ बजे मृत्यु भएको  ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । कार्यालयका अनुसार मोटरसाईकल प्रहरी चौकी शनिश्चरेको नियन्त्रणमा रहेको छ भने चालक झापा बुद्धशान्ति गाउँपालिका १ भोटेटारका २१ बर्षीय प्रेम गुरुङ फरार रहेकाले खोजतलास भईरहेको  छ ।