खोटाङको ऐसेलुखर्क गाउँपालिका(७ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलबाट लडी १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवन भरतपुर महानगर पालिका ६ घर भई खोटाङ जिल्लाको रावाबेसी गाउँपालिकामा कार्यरत प्राविधिक ३१ बर्षीय दिपक ढुंगाना रहेकाे इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले जनाएकाे छ ।
कार्यालयका अनुसार हिजो बेलुकी साढे ४ बजे प्रदेश ३ –०२–००७ प ५३३३ नं.को मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार रहेका ढुंगाना घाईते भई उपचारको लागि काठमाण्डौ तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दुर्घटना पछि मोटरसाइकल चालक खोटाङ ऐसेलुखर्क ३ का हुलास गुरुङलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।