कर्णाली साहित्य समाजले वर्ष २०७७ को कर्णाली साहित्य समाज कृति पुरस्कार नयनराज पाण्डेको कृति जियारालाई प्रदान गर्ने भएका छन् ।  ५० हजार राशिको उक्त पुरस्कार २०७७ सालभित्र प्रकाशित कृतिमध्येबाट छनोट गरेर जियारालाई दिने निर्णय गरिएको संस्थाका संस्थापक संरक्षक महेशविक्रम शाहले जानकारी दिए । 

उक्त पुस्तकमा तराई र मधेसका समाजमा विद्यमान पारम्परिक कुप्रथा, रूढिवादी संस्कार र अन्धविश्वासमाथि निर्मम प्रहार गर्दै आमनागरिकका दुःख, पीडा र भोगाइलाई  समेटिएको छ । 

कर्णाली साहित्य समाज साधना सम्मान प्रा डा राजाराम सुवेदीलाई प्रदान गरिने छ । संस्थाले स्थापना गरेको  २५ हजार राशिको पुरस्कार नृत्य निर्देशक कुलमान नेपालीलाई प्रदान गरिने जनाइएको छ । संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ ले भनेे, “यहाँको साहित्य कला तथा यहाँको पहिचानलाई संरक्षण गर्नको लागि लागिपरेका छौँ ।” आगामी चैतमा संस्थाको स्थापना दिवसको अवसर पारेर उक्त सम्मान तथा पुरस्कार प्रदान गरिने संस्थाका उपाध्यक्ष देवकी तिमिल्सिना ‘समीक्षा’ ले जानकारी गराए ।