झापाको शिवसताक्षी नगरपालिका ४ स्थितमा रहेको माछा पोखरीमा डुबी एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ बर्षीय सन्चरिया ताजपुरिया रहेकाे ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएकाे छ कार्यालयका अनुसार ताजपुरिया बुधबार साँझ आफ्नै घर छेउमा रहेको माछा पोखरीमा डुबेको अबस्थामा स्थानीयले देखी तत्काल उद्धार गरी उपचारको लागी नोवेल अस्पताल बिराटनगर पठाएका थिए ।
उनकाे उपचारको क्रममा मृत्यु भएको कार्याललयले जनाएका छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।