सुनसरीको बर्जु गाउँपालिकामा माेटरसाइीकल दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ ।
बुधबार राती साँढे ९ बजेको गाउँपालिकाकाे १ बुक्डरीको भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको को २८ प ३८०७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २२ बर्षीय धनिलाल उराव घाइते भएका थिए ।
घाइते चालकाे उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।