वराहक्षेत्र । हाटखोला फुटवल क्लवले मंसीरमा आयोजना गरेको ‘ प्रथम वराह च्यालेन्ज कप फुटवल प्रतियोगिता’ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । क्लवले मंगलबार वराहक्षेत्र नपाको वार्ड नं २ को कार्यलयमा पत्रकार भेला गरि सार्वजनिक गरेको हो ।

 आय व्वय प्रस्तुत गर्दै क्लव सचिव रोहित साहले प्रतियोगिताकोे आय तर्फ ४ लाख ४५ हजार १ सय ८४ रुपैंया रहेको छ भने ५ लाख ९६ हजार ५ सय १४ रुपैया खर्च भएकोे बताए ।

फुटवलमा आय तर्फ प्रथम पुरस्कार चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीले ५१ हजार,दोश्रो पुरस्कार आदर्श सामुदायिक वनले ३१ हजार, दुवोर्ग बियर २१ हजार, यसैगरी विभिन्न संघसंस्थाले ५१ हजार ५ सय ६२ रुपैंया विदेशमा रोजगारी तथा प्रवासी नेपाली वाट १ लाख ६ हजार ७ सय १५ र स्थानिय वाट  १ लाख ९२ हजार ७ सय १५ र स्थानिय सहयोग चन्दा प्राप्त भएको क्लव सचिव रोहित साहले बताए । साहले फुटवलमा आम्दानी भन्दा बढि विभिन्न २१ शिर्षकमा खर्च भएकोले १ लाख ५१ ह्जार ३ सय ३० रुपैंया घाटा भएको बताए ।

मंसीर २३ गते देखि पुष ३ गते सम्म स्थानिय बाइसविघे खेल मैदानमा आयोेजना गरिएको नकआउट फुटवल प्रतियोगितामा धरान उपमानपा र रामधुनी  नपाको १,१, आयोजकको २ र  नगरपालिकाको अन्य वार्डको ७ गरी १० टिमले भाग लिएका थिए ।

स्थानिय स्तरमा फैलिएको लागुपदार्थको दुव्र्यसनको न्युनीकरणको लागि युवाहरुलाई खेलकुद मार्फत रचानात्मक सचेतना जगाउन २०७८ मा क्लव स्थापना गरिएको भन्दै,फुटवल क्लव लाई स्थानिय व्यक्तिले निःशुल्क जग्गा दिने भएको र खेलमैदान निर्माणको लागि नगरपालिकाले सहयोग गर्ने भएको,क्लवका अध्यक्ष बिकास सुनुवारले जानकारी दिए ।