वराहक्षेत्र । हाटखोला फुटबल क्लवले मंसीरमा आयोजना गरेको ‘प्रथम वराह च्यालेन्ज कप फुटवल प्रतियोगिता’ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । क्लबले मंगलबार वराहक्षेत्र नपाको वार्ड नं २ को कार्यालयमा पत्रकार भेला गरी सार्वजनिक गरेको हो ।

आयव्वय प्रस्तुत गर्दै क्लव सचिव रोहित साहले प्रतियोगिताकोे आयतर्फ ४ लाख ४५ हजार १ सय ८४ रुपैंया रहेको छ भने ५लाख ९६ हजार ५ सय १४ रुपैया खर्च भएकोे बताए ।

फुटवलमा आयतर्फ प्रथम पुरस्कार चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीले ५१ हजार, दोश्रो पुरस्कार आदर्श सामुदायिक वनले ३१ हजार, दुवोर्ग बियर २१ हजार, यसैगरी विभिन्न संघसंस्थाले ५१ हजार ५ सय ६२ रुपैंया विदेशमा रोजगारी तथा प्रवासी नेपालीबााट १ लाख ६ हजार ७ सय १५ र स्थानियबाट १ लाख ९२ हजार ७ सय १५ र स्थानिय सहयोग चन्दा प्राप्त भएको क्लव सचिव रोहित साहले बताए । साहले फुटबलमा आम्दानी भन्दाबढि विभिन्न २१ शिर्षकमा खर्च भएकोले १ लाख ५१ हजार ३ सय ३० रुपैंया घाटा भएको बताए ।

मंसीर २३ गतेदेखि पुष ३ गतेसम्म स्थानिय बाइसविघे खेल मैदानमा आयोेजना गरिएको  नकआउट फुटबल प्रतियोगितामा धरान उपमहानगरपालिका र रामधुनी भासी नपाको १,१, आयोजकको २ र नगरपालिकाको अन्य वार्डको ७ गरी १० टिमले भाग लिएका थिए ।

स्थानिय स्तरमा फैलिएको लागुपदार्थको दुव्र्यसनको न्युनीकरणको लागि युवाहरुलाई खेलकुदमार्फत रचानात्मक सचेतना जगाउन २०७८ मा क्लव स्थापना गरिएको भन्दै, फुटवल क्लबलाई स्थानिय व्यक्तिले निःशुल्क जग्गा दिने भएको र खेलमैदान निर्माणको लागि नगरपालिकाले सहयोग गर्ने भएको, क्लवका अध्यक्ष बिकास सुनुवारले जानकारी दिए ।