बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी धरान १३ का ३८ बर्षिय मुन्ना थापालाई प्रहरीले पक्राउ गरेको छ ।
२०७६ साल बैसाख १६ गते उच्च अदालत विराटनगरले १ बर्ष ६ महिना कैद जसाय र ४ लाख ५० हजार ७६६ रूपैँया ६६ पैसा जरिवाना तोकेको भएपनि फरार रहेका थापालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय , आरआइटीबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पक्राउ परेका थापालाई सुनसरी जिल्ला अदालतमा दाखिला गराइ कैद भुक्तानको लागी बुधबार कारागार चलान गरेको छ ।