झापामा श्रीमानले कुटपिट गर्दा श्रीमतीकाे मृत्यु भएकाे छ । 

४५ वर्षिय श्रीमान राम कुमार लिम्बुकाे कुटपिटबाट ४९ वर्षीय श्रीमती घनादेबी आचार्यकाे मृत्यु भएकाे इलाका प्रहरी कार्यालय दमकले जनाएकाे छ ।

कार्यालयका अनुसार मंसिर १६ गते लिम्बुले श्रीमती घनादेबीलाई कुटपिट गरी घाइते बनाएका थिए । श्रीमानकाे कुटपिटबाट घाईते भएकी घनादेबीलाई बिराटनगरको नोबेल अस्पतामा उपचारको लागि पुर्‍याएकोमा केही समयको उपचार पछि डाक्टरको सल्लाह अनुसार उपचार हुन नसकी घर फर्किने क्रममा शुक्रबार राति ७ बजे मृत्यु भएको कार्यालयले जनाएकाे छ । 

कुटपिटमा संलग्न लिम्बुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेकाेकार्यालयले जनाएकाे छ ।