संखुवासभाकाे  पाँचखपन नगरपालिका भरूवा बन्दुकसहित  १ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । 

पक्राउ पर्नेमा नगरपालिकाकाे ५ नम्बर वडा स्थित खमारेका रामबहादुर राई रहेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले. जनाएकाे छ । कार्यालयका अनुसार मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय संखुवासभा र ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले राईको घर तलासी गर्दा उक्त बन्दुक बरामद भएकाे थियाे  । 

बरामद बन्दुकसहित पक्राउ परेका राई माथि थप अनुसन्धान  भइरहेकाे कार्यालयले जनाएकाे छ ।