झापा मेचीनगर नगरपालिकामा लागुऔषध (खैराे हेराेइन) ब्राउनसुगर सहित एक महिला पक्राउ परेकी छिन् । 

पक्राउ पर्नेमा कनकाई नगरपालिका ३ की २४ वर्षीय सरिता विक रहेकाे इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएकाे छ । 

कार्यालयका अनुसार विकलाई साेमबार दिउसाे साढे ३ बजे लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टाबाट खटिएको प्रहरी टोली मेचीनगर नगरपालिका ६ मेची पुलबाट  आफ्नी ८ बर्षीया छोरीको साथमा लुकाएर ल्याउँदै गरेका अवस्थामा २ ग्राम  ब्राउनसुगर बरामद गरेकाे हाे । पक्राउ परेकी विक उपर थप अनुसन्धान भईरहेको कार्यालयले जनाएकाे छ ।