झापाको दमक स्थित उक हाेटलकाे काेठमामा बसेर तास खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । 

 नगरपालिका ६ फागुनन्द चौक स्थित पवन लिम्बुको परदेशी होटलको कोठामा तास खेलिरहेको अवस्थामा ७ जनालाई नगद १ लाख ५७ हजारसहित  साेमबार बेलुकी साढे ४ बजे  पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय दमकले जनाएकाे छ  ।

कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा होटल संचालक  दमक नगरपालिका ६ का ५० बर्षिय पवन लिम्बु, दमक १ का ३५ बर्षिय भक्तीश्वर देवान, दमक २ का ४५ बर्षिय प्रमोद लिम्बु, दमक ९ का ३५ बर्षिय रमेश महतो, पाँचथर फाल्गुनन्द ८ का ४२ बर्षिय बबिन सुब्बा आङदेम्वे, ईलाम चुलाचुली १ का ४३ बर्षिय रुपचन्द्र राई र मोरङ पथरीशनिश्चरे १ का ४७ बर्षिय राज कुमार श्रेष्ठ रहेका छन् ।

पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कर्यालय दमकले थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएकाे छ ।