सर्लाहीमा दुई सन्तानसहित एक महिला मृत फेला परेका छन्  । जिल्लाकाे बरहथवा नगरपालिका १  हजरिया स्थित नयाँ बजारकी  २६ वर्षीया कविता पासवान , ६ वर्षीया छोरी सलोनी र ४ वर्षीय छोरा स्वागत मित अवस्थामा फेला परेका हुन् । 

 दुई छोराछोरीको ओछ्यानमै सुतिरहेको अवस्थामा शव फेला परेकाे र कविताकाे भने झुण्डीकाे अवस्थामा शव फेला परेकाे इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले जानकारी दिए । 

यादव का अनुसार उनका श्रीमान  शिव हजारी पासवान बैदेशिक राेजकारीकाे सिलसिलामा मलेसियान रहेकाे र कविता आफ्नो दुई सन्तानलाई लिएर छुट्टिएर बस्दै आएकी थिइन् ।

उनले आफ्नो भागमा परेको एउटा कोठामा खाने, सुत्नेदेखि किराना पसलसमेत सञ्चालन गर्दै आइरहेकी थिन् । मृतक महिला र दुई छोराछोरीको शव पोष्टमार्टमका लागि आइतबार मध्यान्ह जिल्ला अस्पताल मलङ्गवा पठाइएको छ ।