आफ्नै आमाकाे हत्या गरेकाे अभियाेगमा  पाल्पामा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा रिब्दिकोट गाउँपालिका ८ पेलाचौर का ४३ वर्षीय कृष्ण सारु रहेकाे  जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी कृष्णले ६० वर्षीया आफ्नी आमा  मेनु सारुलाइ कुटपिट गरेका थिए ।

आमालाई सालको काठले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भएपछि घटनाकाे जानकारी पाए लगात्तै  जिल्ला प्रहरी कार्यालय पाल्पा र ईलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको कार्यालयले जनाएकाे छ । 

पक्राउ परेका उनिमाथि थप अनुसन्धान भइरहेकाे कार्यालयले जनाएकाे छ ।