धरानबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १६ का २८ वर्षीय गोफ्ले भनिने गोपाल गुरुङ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । 

कार्यालयका अनुसार उनलाई जिल्ला अदालत सुनसरीले २०७६ जेठ ९ गते गरेका फैसलाको लगत नम्बर ८९५९ मा ५९ हजार ९०६  जरिवाना , लगत नम्बर ८९६० मा २ महिना  कैद सजाय र १७ हजार जरिवाना  र ८९६१ मा ८ महिना कैद र ५३ हजार जरिवाना तोकेकोमा  कैद र जरिवाना भुक्तान नगरी फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, आर आइ टीको टोलीले  हिजो बिहीबार पक्राउ गरी अदालतमा उपस्थित गराएकोमा अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको कार्यालयले जनाएको छ ।