जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुममा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा फेदाप गाउँपालिका २ सिलगुडी बस्ने ३८ वर्षीय खगेन्द्र भण्डारी रहेकाे प्रहरी चौकी ओयाक्जुङले जनाएकाे छ । प्रहरी चौकीका अनुसारलाई बारीमा गएकी ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्ने सुचनाका आधारमा सोमबार साँझ उक्त चौकीबाट खटिएकाे टाेलीले पक्राउ गरेकाे हाे ।पक्राउ परेका भण्डारी उपर थप अनुसन्धान भइरहेकाे कार्यालयले जनाएकाे छ ।
































