विराटनगर । मोरङको कटहरी गाउँपालिका – ७ की चार वर्षीय एक बालिकालाई बलात्कार गरेर फाल्ने यौन पिपासु पक्राउ परेका छन् । भारतको अररीया घर भई कटहरीमा बस्दै आएका २४ वर्षीय मुकेश सरदारलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका सरकारले घरमा खेल्दै गरेको बालिकालाई कटहरी ७ मा रहेको लोहन्द्रा खोलामा लगेर शनिबार राती ८ बजे जबरजस्ती करणी गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

श्रमिक काम गर्ने सरकार शनिबार साइकलमा डुल्दै ती बालिकाको घरतिर आएका थिए । बालिकाका बाबुआमा खेती किसान गर्दछन् । अहिले धान थन्काउने सिजन भएकोले उनीहरू मेलापातमा गएका थिए ।

‘त्यस दिन घरमा ती बालिका एक्लै थिइन् । कोही नभएको मौका छोपेर सरदार आएर बालिकालाई साइकलमा हालेर घरदेखि करिब ७ सय मिटर नजिक रहेको लोहन्द्रा खोलामा लगेर जबरजस्ती करणी गरेछन् । त्यसपछि बालीकालाई ढुङ्गा प्रहार गरेका रहेछन् ।

घरमा छोरी नभेपछि हामी खोज्दै लोहन्द्र खोलामा पुग्दा अर्धनग्न अवस्थामा छोरी अचेत अवस्थामा थिइन,’ ती बालिकाका आफन्तले भने, ‘यौनिदेखि रगत बगेको थियो । अनुहार र शरीर भरी चोटपटक लागेको छ ।’

पीडित ती बालिकाको उपचार अहिले कोशी अस्पतालमा भइरहेको छ । वालिकाको अवस्था चिन्ताजनक छ । उनी रुने कराउने, चिच्याउने र घरीघरी बेहोस हुने गर्छिन् । उनको जीउ भरी नीलडामहरू छन् । बलात्कृत वालिकाको आर्थिक अवस्था ज्यादै नाजुक भएकोले औषधी उपचार गर्न समेत नसकेको पीडितकी आफन्तले बताएका छन् । 

नाबालक बालिकालाई बलात्कार गर्ने सरदारलाई शनिबार राती नै प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी श्रेष्ठले जानकारी दिए । आइतबार मोरङ अदालतमा जबरजस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।